Open Bible Stories Home

३७. येशूले लाजरसलाई मृत्युबाट बिउताउनुभयो

बाइबलको कथा: यूहन्ना ११:१-४६ बाट

एकदिन, येशूले लाजरस ज्यादै बिरामी भएको खबर पाउनुभयो। लाजरस र उनका दुईजना दिदीहरु, मरियम र मार्था, येशूका नजिकका मित्रहरु थिए। जब येशूले यो समाचार सुन्नुभयो, उहाँले भन्नुभयो, “यस बिमारी मृत्युमा गएर टुंगिनेछैन, तर यो त परमेश्वरको महिमाको निम्ति हो।” येशूले उहाँका मित्रहरुलाई प्रेम गर्नुहुन्थ्यो, तर उहाँ अझ दुई दिनसम्म त्यस ठाउँमा रहनुभयो जहाँ उहाँ बसिराख्नुभएको थियो।

दुई दिनपछि, येशूले आफ्ना चेलाहरुलाई भन्नुभयो, “आओ, अब हामी यहूदिया फर्कौँ।” “तर गुरु,” चेलाहरुले जवाफ दिए, “केही समय अघिमात्र त्यहाँका मानिसहरुले तपाईँलाई मार्न चाहेका थिए!” येशूले भन्नुभयो, “हाम्रो मित्र लाजरस निद्रामा परेको छ, अनि मैले उसलाई उठाउनै पर्छ।”

येशूका चेलाहरुले जवाफ दिए, “प्रभु, यदि लाजरस सुतिरहेका छन् भने, उनी ठीक हुनेछन्।” अनि येशूले तिनीहरुलाई सरल ढङ्गमा भनिदिनुभयो, “लाजरस मरेको छ। म खुसी छु कि म त्यहाँ थिइन, किनकी अब तिमीहरुले केही अद्भुत कुरा देख्नेछौ जसकारण तिमीहरुले ममाथि विश्वास गर्न सक्नेछौ।”

जब येशू लाजरसको घरमा पुग्नुभयो, लाजरस चार दिन अघि नै मरिसकेका थिए। येशूलाई भेट्नको निम्ति मार्था बाहिर आइन् र भनिन्, “प्रभु, यदि तपाईँ यहाँ हुनुमात्र भएको भएतापनि, मेरो भाइ मर्ने थिएन। तर म विश्वास गर्छु कि तपाईँले परमेश्वरसँग जेसुकै मागेपनि उहाँले तपाईँलाई दिनुहुनेछ।”

येशूले जवाफ दिनुभयो, “पुनरुत्थान र जीवन म नै हुँ। सबैजना जसले ममाथि विश्वास गर्छन्, उनीहरु कहिल्यै मर्नेछैनन्। के तिमी सो विश्वास गर्छौ?” मार्थाले जवाफ दिइन्, “हो, प्रभु! म विश्वास गर्छु कि तपाईँ नै मसिह, परमेश्वरका पुत्र हुनुहुन्छ।”

अनि मरियम आइपुगिन्। उनी येशूको पाउ परिन् र भनिन्, “प्रभु, यदि तपाईँ यहाँ हुनुभएको मात्र भएपनि, मेरो भाइ मर्ने थिएन।” येशूले उनीहरुलाई सोध्नुभयो, “तिमीहरुले लाजरसलाई कहाँ राखेका छौ?” उनीहरुले उहाँलाई भने, “चिहानमा। आउनुहोस् अनि हेर्नुहोस्।” अनि येशू रुनुभयो।

त्यो चिहान एउटा गुफा थियो जसको मुखमा ढुङ्गालाई गुढाएर ढाकिएको थियो। जब येशू चिहानमा आइपुग्नुभयो, उहाँले तिनीहरुलाई भन्नुभयो, “त्यस ढुङ्गालाई त्यहाँबाट हटाइदेओ।” तर मार्थाले भनिन्, “ऊ मरेको त चार दिन भइसक्यो। त्यहाँबाट नराम्रो गन्ध आउनेछ।”

येशूले भन्नुभयो, “के मैले तिमीलाई भनेको थिइन कि तिमीले ममाथि विश्वास गर्यो भने परमेश्वरको महिमा देख्नेछौ?” त्यसैले तिनीहरुले ढुङ्गा हटाइदिए।

अनि येशूले माथि स्वर्गतिर हेर्नुभयो र भन्नुभयो, “पिता, तपाईँले मलाई सुन्नुभएकोमा धन्यवाद। म जान्दछु कि तपाईँले सधैँ मलाई सुन्नुहुन्छ, तर म यो कुरा यहाँ उभिरहेका सबै मानिसहरुका खातिर भन्दैछु, ताकि तिनीहरुले विश्वास गरुन् कि तपाईँले नै मलाई पठाउनुभएको हो। त्यसपछि येशूले कराएर भन्नुभयो, “लाजरस, बाहिर आऊ!”

अनि लाजरस बाहिर आए! ऊ अझैपनि कात्रोमा बेरिएको थियो। येशूले तिनीहरुलाई भन्नुभयो, “उसलाई त्यस कात्रोबाट निस्कन साहयता गर र उसलाई जान देऊ!” धेरै यहूदीहरुले यस आश्चर्यकर्मको कारणले येशूमा विश्वास गरे।

तर यहूदीहरुका धार्मिक अगुवाहरु डाही भए, त्यसैले तिनीहरुले कसरी येशू र लाजरसलाई मार्ने भनी योजना बनाउन एकसाथ भेला भए।

Next Chapter