Open Bible Stories Home

८. परमेश्वरले योसेफ र उनका घरानालाई बचाउनुभयो

बाइबलको कथा : उत्पत्ति ३७-५० बाट

योसेफका दाजुहरुले उनलाई घृणा गर्थे किनभने तिनीहरुमध्ये उनी आफ्ना बावुका सबैभन्दा प्यारा थिए अनि योसेफले आफू उनीहरुका शासक भएको सपना देखेका थिए। जब योसेफ उनका दाजुहरुकहाँ आइपुगे, उनीहरुले उसको अपहरण गरे र केहि दासव्यापारीहरुको हातमा बेचिदिए।

धेरै वर्षपछि, जब याकूब बुढा भइसकेका थिए, उनले आफ्नो सबैभन्दा प्यारो छोरो, योसेफलाई बगालहरुको हेरचाह गरिराखेका आफ्ना दाजुहरूकहाँ जाँच गर्न पठाए।

योसेफका दाजुहरुले घर फर्किन अघि योसेफका लुगाहरु च्याते र त्यसलाई बाख्राको रगतमा डुबाइदिए। अनि उनीहरुले त्यो लबेदा आफ्नो बावुलाई देखाए ताकि योसेफलाई कुनै जंगली जनावरले मारेको थियो भनी उनले सोचून्। यो देखेर याकूब ज्यादै दु:खी भए।

ती व्यापारीहरुले योसेफलाई मिश्रदेशमा लगे। मिश्र देश नील नदिको छेउमा पर्थ्यो जुन ज्यादै विशाल र शक्तिशाली राष्ट्र थियो। ती व्यापारीहरुले योसेफलाई एकजना धनी सरकारी कर्मचारीको हातमा बेचिदिए। योसेफले आफ्नो मालिकको राम्ररी चाकरी गरे र परमेश्वरले उसलाई आशिष् दिनुभयो |

योसेफका मालिककी स्वास्नी ऊसँग सुत्न चाहिन् तर परमेश्वरको बिरुद्ध यसरी पाप गर्न योसेफले इन्कार गरे। यसले गर्दा उनी रिसाईन् र योसेफको विरुद्धमा झुटा आरोप लगाइन्, जसको कारण योसेफलाई समातियो र झ्यालखानामा हालियो। झ्यालखानामा हुँदा पनि योसेफले परमेश्वरमा भर गरे र परमेश्वरले योसेफलाई आशिष् दिनुभयो।

दुई वर्षपछि, निर्दोष भएतापनि योसेफ अझैँ झ्यालखानामै थिए। एक रात ’फारो’ले- मिश्रीहरुले आफ्नो राजा भनी सम्बोधन गर्थे, दुईवटा सपनाहरु देखे र त्यसले उनलाई साह्रै सतायो। उनका कुनै सल्लाहकारहरुले पनि त्यस सपनाको रहस्य बताउन सकेनन्।

परमेश्वरले योसेफलाई सपनाको अर्थ बताउन सक्ने बरदान दिनुभएको थियो, त्यसैले फारोले योसेफलाई झ्यालखानाबाट बोलाउन लगाए। योसेफले फारोको सपनाको अर्थ बताइदिए र भने, “परमेश्वरले अबको सात वर्षसम्म प्रशस्तै गरी अन्नहरु दिनुहुनेछ र त्यसपछिको सात वर्ष अनिकाल पर्नेछ।”

योसेफसँग फारो यति प्रसन्न भए की उनले योसेफलाई सारा मिश्र देशभरिका दोश्रो शक्तिशाली व्यक्ति नियुक्त गरे।​

योसेफले मानिसहरुलाई प्रशस्त फसलको सात वर्षमा धेरै अन्न थुपार्न लगाए। अनि सात वर्षे अनिकालको समयमा योसेफले ती अन्नहरु बेचे ताकि मानिसहरुका निम्ति चाहिने जति खानेकुरा होस्।​

त्यो अनिकाल मिश्र देशमामा मात्र नभई कनानमा पनि परेको थियो जहाँ याकूब र उनका घराना बस्दथे।​

त्यसैले याकूबले आफ्ना जेठा छोराहरुलाई मिश्र देशमा खानेकुरा लिन पठाए। दाजुहरु खानेकुरा किन्न योसेफ़को अघि जाँदा तिनीहरुले योसेफलाई चिनेनन्, तर योसेफले तिनीहरुलाई चिनिहाले।

अनि आफ्ना दाजुहरु परिवर्तन भएका छन् की छैनन् भनी जाँच गरेपछि योसेफले तिनीहरुलाई भने, “म तपाईँहरुको भाइ हुँ, योसेफ! नडराउनुहोस्। तपाईँहरुले मलाई दासको रुपमा बेचेर दुष्ट काम गर्न खोज्नुभयो, तर परमेश्वरले दुष्टतालाई असल कामको निम्ति चलाउनुभयो। आउनुहोस् र मिश्र देशमा बस्नुहोस् ताकि तपाईँहरु र तपाईँका घरानाहरुलाई मैले जुटाउन सकूँ।”

जब योसेफका दाजुहरु घर फर्के र योसेफ अझैँ जिउँदै रहेको खबर आफ्ना बावु याकूबलाई सुनाए, उनी ज्यादै खुशी भए।

याकूब बुढा भएतापनि आफ्ना सारा घरानालाई लिएर उनी मिश्रदेशमा गए र त्यहिँ बस्न लागे। मर्नुभन्दा अघि याकूबले आफ्ना सबै छोराहरुलाई आशिष् दिए।

परमेश्वरले अब्राहमलाई प्रतिज्ञा गर्नुभएको करार अब्राहमबाट इसहाकमा सह्र्यो, अनि याकूबमा, अनि याकूबका बाह्र छोराहरु र उनीहरुका घरानामा। ती बाह्र छोराहरुका सन्तानहरुबाट नै इस्राएलका बाह्र कुलहरू भए।

Next Chapter