परमेश्वरले फारोलाई यदि अझैँपनि उनले इस्राएलीहरुलाई जान नदिएको खण्डमा मानिस र पशुका भाले हरुका जेठा सन्तानलाई मारिदिने चेतावनी दिनुहुन्छ। जब फारोले यो सुने, अझैँपनि परमेश्वरलाई विश्वास गर्न र उहाँको आज्ञा मान्न उनले इन्कार गरे।
परमेश्वरले उहाँमा विश्वास गर्ने जोकोहीले पनि आफ्नो जेठो सन्तानलाई बचाउन सक्ने एउटा बाटो प्रदान गरिदिनुभयो। हरेक परिवारले एउटा खोट रहित थूमालाई छानेर त्यसलाई मार्नुपर्ने थियो।
परमेश्वरले इस्राएलीहरुलाई त्यस थूमाको रगत तिनीहरुका घरको मुल ढोकामा लगाउनु, अनि त्यसको मासु पोलेर खमिर नहालेको रोटीसँग खान भन्नुभयो। अनि फेरि त्यो खाइसकेपछि उनीहरुलाई मिश्रदेश छाड्न तयार हुन पनि उहाँले भन्नुभयो।
इस्राएलीहरुले परमेश्वरले भन्नुभए जस्तै सबै थोक गरे। मध्यरातमा परमेश्वर मिश्र भएर जानुभयो र पहिले जन्मेका सबैलाई मार्नुभयो।
सबै इस्राएलीहरुका घरको ढोकामा रगत पोतिएको थियो, त्यसैले परमेश्वरले ती घरहरुलाई छाडेर जानुभयो। ती भित्र भएका सबैजना सुरक्षित थिए। थूमाको रगतको कारण उनीहरु बचाइएका थिए।
तर मिश्रीहरुले परमेश्वरमाथि विश्वास गरेनन् न त उहाँको आज्ञा माने। त्यसैले परमेश्वरले तिनीहरुका घरलाई छाड्नु भएन। परमेश्वरले मिश्रीहरुका पहिले जन्मेका छोराहरु सबैलाई मार्नुभयो।
सारा मिश्रीहरुका जेठा छोराहरु मरे, कैदीको जठो छोरोदेखि फारोको जठो छोरोसम्म, सबैजना मरे। मिश्रदेशमा धेरै मानिसहरु वेदनाको कारण रुदैँ र कराउँदै थिए।
त्यसै रात फारोले मोशा र हारुनलाई बोलाए र भने, “इस्राएलीहरुलाई लिऊ अनि तुरुन्तै मिश्रदेश छाडेर गईहाल!” मिश्रीहरुले पनि इस्राएलीहरुलाई तुरुन्तै छोडेर जान आग्रह गरे।